सुनचाँदीको मूल्य घट्यो

लोकपथ
130
Shares

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । महासंघले सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ छ । सोमवार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमवार तोलामा ११ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भइरहरेको महासंघकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?