तेह्रथुममा हाल्न थालियो लिंगेपिङ

लोकपथ
52
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका ५ शुक्रबारे नजिकै गत वर्षझैँ यस वर्ष पनि लिंगेपिङ हालिएको छ । गाउँका युवाहरू मिलेर पिङ हालेका हुन् । दसैँको घटस्थापनासँगै तेह्रथुमको गाउँगाउँमा लिंगेपिङ बनाउन थालिएको छ । युवाहरूले जंगलबाट बाबियो काटेर ल्याएर पिङ हाल्ने गरेका छन् । दसैँमा एक पटक भूइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।

पिङ हालेपछि मात्र दसैँको आगमनको झझल्को दिने छथर गाउँपालिका– ५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, ‘हामी बच्चा हुँदा दसैँतिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो पछिल्लो समय हुन छाडेको छ । हामीले जस्तै हाम्रा बच्चाहरुले पनि दसैँ आएको अनुभूति गरून् भनेर गाउँमा पिङ हाल्ने गरेका छौँ र दसैँतिहारको महत्त्व बुझाउने प्रयास गरेका छौँ ।’

युवापुस्ताहरूले गाउँमा हालिने लिंगेपिङको महत्व नै भुल्दै गएका छन् । ७० वर्षका माया लिम्बू भन्छिन्, ‘लिंगेपिङ हाल्न १५ दिन अघि नै हामी घण्टौँ लामो बाटो हिँडेर बाबियो काट्न जान्थ्यौ । काटेर ल्याएको बाबियो सुकाएर पिङ लगाउने लठ्ठा बाठ्थ्यौँ । अनि बाँसको लिंगो गाडेर, पिङ बनाएर गाउँका सबै मिलेर रमाइलो गर्थ्यौँ, अहिले त पहिलेको जस्तै महत्व छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?