सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लोकपथ
442
Shares

काठमाडौं । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । मंगलवारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिइएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि मंगलवार भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् ।

आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि वरिष्ठताका आधारमा कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व कार्कीले सम्हाल्नेछन् ।

संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?