बंगलादेशमा डुंगा दुर्घटना : मृत्यु हुनेको संख्या ५१ पुग्यो

लोकपथ
91
Shares

काठमाडौं । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । दुर्घटनामा अझै केही वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

खचाखच तीर्थयात्रीले भरिएको उक्त डुंगा बोडा सहरनजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्नि नियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?