सूर्या लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

लोकपथ
39
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले तत्काल लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता पत्र भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तीय विवरण अनुसार आ.व.२०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?