कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलन गर्दै

लोकपथ
533
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र भ्रम सिर्जना गरेको भन्दै आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

आज दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले बताए । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला पक्षले विरोध गरिरहेको छ ।

कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा सम्मानजनक व्यस्थापनको माग राख्दै आएको छ । सोमवार बसेको कोइराला पक्षीय नेताहरुको बैठकले असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने चेतावनीसमेत दिएको थियो ।

कोइराला पक्षले अजोज १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रवारदेखि कोइराला पक्षले माथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?