रवीन्द्र मिश्र बुधवार राप्रपामा प्रवेश गर्दै

लोकपथ
52
Shares

काठमाडौं । विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधवार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधवार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधवार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरु भन्दा पछाडि हुनेगरी सहमति भएको छ ।

रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । जुन छलफलले मूतरुप लिएपछि श्रेष्ठले भने, ‘हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधर समूहबीच भोली काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।’ मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ । मिश्रले सोमबार बेलुकी पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?