१४ मङ्सिर २०८०, बिहीवार

गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु दुःखद्

२०७४,आश्विन,३१,मंगलवार १५:१६

0
Shares

काठमाडौँ, ३१ असोज – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरिएको छ ।अध्यक्ष गौचनको नवौँ स्मृति पुण्य तिथिका अवसरमा महासंघले आज अनामनगरमा आयोजना गरेको शोक सभामा महासंघका पूर्वअध्यक्ष जीपछिरिङ लामाले गौचनको हत्यारालाई कानूनी कठघरामा उभ्याए मात्र गौचनप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।“हत्या भएको नवौँ दिनसम्म पनि हत्यारा पक्राउ हुन नसक्नु दुःखद् कुरा हो”– उनले भने ।महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हीराचनले गौचनको हत्यारा पक्राउ नपरेसम्म व्यवसायीको आन्दोलन नरोकिने बताउँदै गौचनको हत्यारालाई पक्राउ गर्न नसक्नु राज्यको कमजोरी भएको धारणा व्यक्त गरे ।महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानले गौचनको हत्या सिंगो नेपाली निजी क्षेत्रमाथिको बर्बर हमला भएको टिप्पणी गरे ।शोक सभामा विभिन्न व्यवसायमा आबद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार १५:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८