दसैँ नजिकिएसँगै तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन चटारो

लोकपथ
104
Shares

तेह्रथुम । तेह्रथुमका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ ।

अलैँची बिक्री गरेर दसैँतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् । छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैँ खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।

सरकारले अलैँचीका लागि निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टीकाराज लिम्बुको भनाइ छ । यहाँका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । स्थानीय बजारमा अहिले २४ हजारदेखि २८ हजारसम्म प्रतिमन अलैँची बिक्री हुँदै आएको छ ।

जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप,आङदिम हमरजुङ लगायतका स्थानमा अलैंची खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?