सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लोकपथ
52
Shares

काठमाडौं । सानिमा माई हाइड्रोपावरको ५.२६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलवार अन्तिम दिन हो । यसले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्दैछ । यस आधारमा मंगलवारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसले लाभांश पारित गर्न कार्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?