एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

लोकपथ
130
Shares

काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् । दुवै बैंकले सोेमवार मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुबै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?