नेपाल र बंगलादेश भिड्दै

लोकपथ
221
Shares

काठमाडौं । फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलवार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाईंले पाएका छन् । यस्तै, कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् ।

दुबैले बंगलादेशविरुद्ध जित निकाल्ने खेल्ने बताएका छन् । गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

यस्तो छ हेड टु हेड :

नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ ।जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?