गुराँस लघुवित्तले २ लाख ५० हजार कित्ता अार्इपीअो जारी गर्दै

काठमाडाैं : गुराँस मार्इक्रोफार्इनान्सले कात्तिक १७ गते डाकेको साधारणसभामा २ लाख ५० हजार कित्ता साधारण शेयर (अार्इपीअो) निष्काशन प्रस्ताव लैजाने भएको छ । 

हाल कायम ६ करोड रूपैयाँ चुक्ता पूँजीलार्इ ७ करोड ७५ लाख रूपैयाँ पु-याउन गुराँसले अार्इपीअो जारी गर्न लागेको हो ।

हाल कायम चुक्ता पूँजीको ३२.२६% बराबरको अार्इपीअो जारी गरिने यो लघुवित्तले जानकारी दिएको छ। 

साधारणसभामा यो वित्तीय संस्थाले हाल कायम अाफ्ना शेयरधनीलार्इ २५% हकप्रद शेयर बेच्ने प्रस्ताव पनि लैजाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?