लेखापरीक्षकहरूको कार्यसम्पादनमा महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडाैं : लेखापरीक्षण गर्ने चार्टर्ड एकान्टेन्टहरूको भूमीकाप्रति महालेखापरीक्षकको कार्यालयले गम्भीर प्रश्न उठाएको छ । चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूले सरकारलाई गर्ने प्रतिवेदन प्रणाली, पार्षद्हरुको उत्तरदायित्व, लेखापरीक्षक सदस्यको कार्य सम्पादन स्थिति, त्यसको गुणस्तर तथा विश्वसनीयता सुधार गर्न अत्यावश्यक रहेको महालेखाले जनाएको छ । 

पछिल्ला दिनमा कतिपय चार्टर्ड एकाउन्टेन्टहरुको काम-कारवाहीमाथि जनस्तरबाटै विभिन्न टिकाटिप्पणी हुन हुन थालेको छ। लेखापरीक्षकहरूमाथि विश्वासमै संकटमा देखिन थालेपछि महालेखा परीक्षक टंकमणी शर्माले शुक्रबार अार्इक्यानका पदाधिकारीहरूसँग यसबारे गम्भीर छलफल गरेका हुन् । लेखापरीक्षण गर्ने संस्थाको भूमीका र कार्यसम्पादनमै शंका बढीरहेको जनाउँदै शर्माले अपेक्षाअनुसार काम नगरे सरकारले विकल्प खोज्नुपर्ने स्थिती अाउन सक्ने चेतावनी दिएका छन् । 

महालेखा परीक्षक शर्मासँग भेटेपछि अार्इक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले लेखा परीक्षकहरूको भूमीका र कार्यसम्पादनलार्इ प्रभावकारी बनाउन गम्भीर रहेको प्रतिक्रिया दिए । अडिटिङ प्रणालीमा सधार गर्न र अडिटरहरूको कार्यसम्पादन एवं जवाफदेहिताका लागि सरकारसँग सहकार्य गरि अघि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?