१५ मङ्सिर २०७९, बिहीवार

चैत १५ भित्र योजना सम्पन्न गर्ने ऐसेलुखर्कको निर्णय

२०७९,आश्विन,१०,सोमवार २०:५४

27
Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक वर्षको विभिन्न शिर्षकमा विनियोजित बजेट तथा योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आइतवार बसेको १० औँ बैठकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन हुने योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने र गराउने निर्णय गरेको हो ।

विगतका वर्षहरुमा समयमा उपभोक्ता समिति गठन नगर्ने, बेलामा सम्झौता नगर्ने तथा असार मसान्तमा हतारका काम सक्ने समस्या देखिएकाले चालु आर्थिक वर्षदेखि कात्तिक १५ गतेसम्ममा उपभोक्ता समिति गठन गरिसक्ने र मंसिर मसान्तभित्र सम्झौता गरिसक्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

‘विगतका वर्षमा अधिकांश ठूला तथा साना योजनाहरुको उपभोक्ता समिति गठन, सम्झौता तथा फेरफारकको लागि आर्थिक वर्षको अन्तिममा तछाड–मछाड हुने गरेको देखिएको थियो,’ प्रवक्ता राजभण्डारीले भने, ‘बिल भरपाई मिलाउन हम्मेहम्मे परेको पालिकाले कामको लोड थाम्न नसकेर रातारात काम गर्नु परेको तथा चुस्त दुरुस्त काम नभएको आंकलनसहित यो वर्ष समयमा नै काम सक्ने गरी तयारी गरिएको हो ।’

वर्षान्तमा काम गर्ने परिपाटीले दिगो विकास र पूर्वाधार निर्माण हुन नसकेको तथा विकासको नाममा विनाश भएको गाउँपालिकाको निष्कर्ष छ । राज्यले विकास निर्माणका लागि करोडौं लगानी गरेपनि समयमा काम नहुँदा बालुवामा पानी हाले सरह भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार २०:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

केही क्षेत्रको मतगणना जारी रहँदा संघदेखि प्रदेशसम्म सत्ता यात्राका तयारी सुरु भइसकेको छ । राजनीतिक दलका शीर्ष नेताहरु आफूलाई बलियो

कर्णाली प्रदेश । कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा न्यून बजेट विनियोजन गरेको पाइएको छ । सेभ द चिल्ड्रेन र बाल

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै कर्णाली प्रदेशमा कस्को नेतृत्वमा कस्तो सरकार बन्ला भन्ने कौतूहलता छ । चोक, चौतारा र चिया पसलहरुमा

काठमाडौं । दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा कसको र कसरी सरकार बन्छ भन्ने अन्योल देखिएको

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४