लोकपथ टप फिप्टिन : हेर्नुहोस् मुख्यमुख्य समाचार (भिडियोसहित)

लोकपथ
39
Shares

१. आजबाट हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादसैँ सुरु, दसैँको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेर मनाइयो, हनुमानढोकाको दसैँघरमा पनि राखियो जमरा ।

२. नेपाली कांग्रेसको शेखर कोइराला समूहले असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने, प्रत्यक्ष र समानुपातिकमा आफ्नो समूहले पार्टीको ४० प्रतिशत उम्मेदवार पाउनुपर्ने दाबी, समानुपातिक बन्दसूची सच्याउन माग ।

३. आफूलाई अहिले पनि प्रधानमन्त्री बन्ने प्रस्ताव आइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को दाबी, तर, प्रधानमन्त्री बन्ने कुरा आफ्नो प्राथमिकतामा नरहेको प्रचण्डको प्रष्टोक्ति ।

४. राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि अतिक्रमण गरेको गृहमन्त्री बालकृष्ण खाँडको आरोप, जसले संविधानको संरक्षण गर्नुपर्ने हो उसैबाट संविधानमाथि अतिक्रमण हुनु दुःखद भएको तर्क ।

५. दसैँलाई लक्षित गर्दै सरकारद्वारा देशभर सवारीसाधनको रुट परमिट खुला, यातायात व्यवस्था विभागले कुनै बाटोमा विशेष प्रकृतिका कारण निषेध गरिएका सवारीसाधनमा भने बन्देज कायमै ।

६. नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५१ जनामा डेंगु संक्रमण पुष्टि, हालसम्म २५ हजार ५ सय ४३ जनामा संक्रमित हुँदा ३२ जनाको मृत्यु ।

७. गोरखास्थित मनास्लु हिमालको आधार शिविरमा पहिलो जाँदा आरोहीहरु बेपत्ता, प्रतिकुल मौसमका कारण घाइतेहरुको उद्धारमा समस्या ।

८. देशभरका सरकारी अस्पतालको ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने सरकारको निर्णय, छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्ने ।

९.नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७८ मा झर्यो ।

१०. बैंक तथा वित्तिय संस्थाले मुलुकको वर्तमान आर्थिक संकटलाई अवसरमा रुपमा लिएर बढी नाफा कमाउन उद्धत रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको आरोप, बैंकहरु २५ देखि ३० प्रतिशत नाफा कमाउन व्यस्त रहेको जिकिर ।

११. चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयले गर्यो देशभर सर्कुलर, देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशन ।

१२. इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शनले उग्ररुप लिँदै, एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर फ्रान्स र बेलायतमा पनि प्रदर्शन ।

१३. इटलीमा सम्पन्न चुनावबाट दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयको नजिक, ब्रोदर्सकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा ।

१४. केन्याका एल्युड किपचोजद्दारा म्याराथनमा आफ्नै किर्तिमान् भंग, आइतबार सम्पन्न बर्लिन म्याराथनमा २ घण्टा १ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै रचे नयाँ किर्तिमान् ।

१५. र भोलि मंगलबार नेपाली फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै, बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा किरणकुमार लिम्बुले कप्तानी गर्ने, खेल हेर्नका लागि ५ सयदेखि ५ हजार रुपैयाँसम्मको टिकट बेच्दै एन्फा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?