श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

लोकपथ
52
Shares

जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका–५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान–श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर रामा मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । रामा मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?