१८ मङ्सिर २०७९, आईतवार

ब्राउन सुगरसहित धनुषाबाट दुई जना पक्राउ

२०७९,आश्विन,१०,सोमवार १९:१०

27
Shares

जनकपुरधाम । धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक र युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चोक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मण्डलले लगाएको हेलमेटबाट १६ दशमलव ८५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय खजुरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १९:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार

काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप

काठमाडौं । काठमाडौं वेयर हाउस एण्ड डिस्ट्रिब्युशन सेण्टरले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघसँग सम्झौता गरेको छ

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६