२१ मङ्सिर २०७९, बुधबार

नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने

२०७९,आश्विन,१०,सोमवार १८:४४

27
Shares

काठमाडौं । ‘र्वल्ड टुरिजम डे’ को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । राजधानीमा सोमवार (आज) नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजान हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगितामा ५४ होलको खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बंगलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ ।

यो र्वल्ड र्‍याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि र्वल्ड र्‍याङकिङमा स्थान बनाउने अवसर पनि हो । नेपालका नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा  सी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीचबाट प्रतिष्पर्धा गर्नेछन् । टिम प्रतिष्पर्धामा बंगलादेश र कतारको पनि सहभागिता रहने छ ।

महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार