२१ मङ्सिर २०७९, बुधबार

बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलमा किरणले कप्तानी गर्ने

२०७९,आश्विन,१०,सोमवार १८:२९

18
Shares

काठमाडौं । मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रंगशालामा मंगलवार साढे ५ बजे हुनेछ । सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगलदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दसैँ विशेष बनाउने सुनाए । प्रशिक्षक हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए ।

यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर, दुवै खेलाडी बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १८:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार