दसैँ अफरसहित सिलिङ्क्स ट्राभल्सले सुरु गर्‍याे ‘टिकटभण्डार डटकम’

लोकपथ
104
Shares

काठमाडौं । डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स ट्राभल्सले टिकटभण्डार डटको सुरुवात गरेको हो । ‘टिकटभण्डार डटकम’ सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको इन्टरनेट बुकिङ इन्जिन भएको सिलिङ्क्स ट्राभलले जनाएको छ ।

‘घटस्थापनको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं,’ टिकटभण्डार डट कमका प्रबन्ध निर्देशक राजु ढकालले भने, ‘विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरी हवाई उडान छनौट गर्न हामी सेवाग्राहीलाई मद्दत गर्दछौं ।’

टिकटभण्डार डटकमको सुरुवातसँगै दसैँको अवसरमा सिलिङ्क्स ट्राभलले दुईवटा अफर घोषणा गरेको छ । यो दुवै अफर असोज १० गतेदेखि कात्तिक ९ गतेसम्म टिकटभण्डार डटकमबाट हवाई टिकट बुक गर्नेहरुको लागि मात्र लागु हुने जनाइएको छ ।

दसैँ अफरअनुसार आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट दिइनेछ र उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ–बैंकक दुईतर्फी निःशुल्क हवाइ टिकट उपलब्ध गरिनेछ ।

टिकटभण्डार डटकममा अनलाइन भुक्तानीको सुविधासमेत रहेको छ । टिकटभण्डार डट कमबाट विश्वको जुनसुकै स्थानमा यात्रा गर्न ५०० भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सकिने सिलिङ्क्स ट्राभल्सले जनाएको छ ।

सिलिङ्क्स ट्राभल्ससँग रहेका १ हजार ५०० भन्दा बढी बिटुबी ग्राहक, १० लाखभन्दा बढी बिटुसी ग्राहक र आगामी दिनमा थपिने नयाँ ग्राहकले विश्वको जुनसुकै स्थानबाट जुनसुकै सयममा हवाइ टिकट अनलाइन बुक गर्न टिकटभण्डार डटकमबाट सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?