मंसिर ९ देखि नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

लोकपथ
26
Shares

काठमाडौं । आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा पनि मञ्चन हुनेछन् ।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २ सय कलाकारको सहभागिता रहने र त्यसमध्ये १ सय ३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताए ।

उनले अबको जिम्मेवारी आफूहरुको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका हुन् । उनले आफू सामाजिक रुपमा तयार रहे पनि आर्थिक रुपमा कठिनाइ रहेको बताए ।

त्यस्तै, निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताएका छन् । उनले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने बताए ।

यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?