आइसिटी अवार्ड २०२२ मा ‘नलेज पार्टनर’को रुपमा प्रेसिडेन्सियल विजनेश स्कुलको सहकार्य

लोकपथ
39
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ । कलेजले गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ ।

सोमवारर प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्नेछ ।

अमेरिकन विजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल विजनेश स्कुलले केहिवर्षदेखि आइटी शैक्षिक कार्यक्रम अन्तगर्त बिएस्सी आइटी, एमएस्सी आइटी र एमबिए आइटीका कोर्सहरु सञ्चालन गरिरहेको छ ।

यसैगरी एक दशकभन्दा बढि समयदेखि विजनेश शैक्षिक कार्यक्रम अन्तर्गत बिबिए र एमबिए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशिलतालाई लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ । कलेजले हरेक वर्ष आइटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ ।

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुदैछ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया बाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ अर्थात २३ डिसेम्बर, २०२२ मा द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ । यसैगरी, प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका एक सयभन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?