चार वामपन्थी दलद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

लोकपथ
91
Shares

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमवार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?