हिमाल दोलखा हाईडोपावरको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

लोकपथ
221
Shares

काठमाडौं । हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच असाेज ९ गते हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको थियो ।

सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १ अर्ब ६० करोडको प्रति शेयर अंकित एक सयका दरले १ कित्ता शेयरको शून्य दशमलव ७५ प्रतिशतको अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?