२१ मङ्सिर २०७९, बुधबार

कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलो नम्बरमा जाजरकोट, अन्तिमा डोल्पा

२०७९,आश्विन,१०,सोमवार १६:४१

36
Shares

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो ।

३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा छ ।

सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्यौट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रर्वद्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए ।

कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति र भौगोलिक अवस्था आदिलाई आधार मानेर मूल्यांकन गरिएको थियो ।

 

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार