२१ मङ्सिर २०७९, बुधबार

मुगुमा बजार अनुगमन : लाखौँ मूल्यका म्याद सकिएको खाद्यान्न फेला

२०७९,आश्विन,१०,सोमवार १६:३२

45
Shares

मुगु, । मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागितामा आइतवार र सोमवार विशेष चहलपहलका साथ बजार अनुगमन भएको छ ।

वर्षैभरि चुपचाप बस्ने यी निकाय चाडबाड लागेपछि बजार अनुगमनमा निस्किएपछि उपभोक्ता र व्यापारीहरूले भने व्यङ्ग्य गरेका छन् । तर, प्रशासनले भने दसैँ, तिहार, छठ जस्ता पर्वमा उपभोक्ता नठगिउन भनेर अनुगमन गरेको दाबी गरेको छ ।

अनुगमनका क्रममा लाखौँ मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो । बरामद सामान नष्ट गरिएको छ । पेय पदार्थ, चक्लेट, हर्लिक्स, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच गरेको थियो ।

टोलीले यहाँका निजी औषधि पसलमा पनि अनुगमन गरेको थियो । साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन–तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुई दर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १६:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो समय चारपाङ्ग्रे सवारीप्रतिको क्रेज बढ्दो छ । यद्यपि, जेठदेखि सरकारले नयाँ गाडीको आयातमा प्रतिबन्ध लगाएसँगै गाडी बजार यतिबेला

काठमाडौं । धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्तिका लागि पहल गर्नुपर्नेलगायत विभिन्न सातबुँदे माग सरकारसँग राखिएको छ ।

काठमाडौं । जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका

पाल्पा । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो ।

ताजा समाचार