नेपाल वायुसेवा निगमद्वारा सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु

लोकपथ
39
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार सोमवार (आज)बाट आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग (इन्टरनेट बुकिङ इन्जिन (आईबिई)मार्फत टिकट बुकिङ्ग सुुरु गरिएको हो ।

यसबाट यात्रुवर्गले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.np   बाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जानकारी दिएको छ । निगमले हाल दिल्ली, मुम्वई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवामार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?