१९ मङ्सिर २०७९, सोमवार

‘सहारा’ टेलिसिरियल बनाउँदै प्रज्ञा जोशी

२०७९,आश्विन,१०,सोमवार १५:५७

90
Shares

काठमाडौं । प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमवार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभ मुहूर्तसँगै छायांकनसमेत थालिएको छ ।

सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् । ‘सहारा’ एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधवा अपांगता भएपछि समाजमा भोग्नुपर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएको निर्देशक दाहालले बताए ।

टेलिसिरियलमा निर्मात्री प्रज्ञा जोशीका अलावा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बाल कलाकार प्रिंयका दाहालको अभिनय हुनेछ ।

प्रज्ञा फिल्मसको प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीको शृंगार रहने छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौंस्थित

काठमाडौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘भाकी सके’ सार्वजनिक भएको छ । गीतमा

विराटनगर । मोरङको विराटनगरस्थित हाटखोला मैदान केही दिनदेखि तातेको थियो । नेपथ्य आउने हल्लाखल्ला एक हप्तादेखिकै भएकाले पनि मानिसहरु छिमेकी

काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ शुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५