बालकमाथि बन्दुक प्रहार

सोलुखुम्बु, ३१ असोज – भरुवा बन्दुक प्रहार गरेको घटनामा संलग्न तीन जना अभियुक्तलाई आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पत्रकारसम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।सार्वजनिक हुनेमा दूधकौशिका गाउँपालिका–९ का २८ वर्षीय धनबहादुर तामाङ, ४६ वर्षीय आसना तामाङ र २० वर्षीय बुद्धलाल तामाङ छन् । तीनै जना अभियुक्तलाई शनिबार प्रहरीले पक्राउ गरेका थिए ।दूधकौशिका गाउँपालिका–३, लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टंकराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार गरी घाइते बनाएका थिए । सो घटनामा संलग्न तीनै जनालाई अवैध बन्दुक र गोलीसहित शनिवार प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेकालाई सोलुखुम्बु जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनीहरुमाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजनाअन्तर्गत मुद्दा चलाइएको छ । घाइते बालकलाई आइतबार नै काठमाडौँ पु¥याई त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?