सिटिजन लाइफको ३ दिने ‘बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०७९’ सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण असोज ३ गतेदेखि ५ गतेसम्म सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ । कम्पनीलाई हरेक ढङ्गबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मिहेनतका साथ खटिएका कर्मचारीहरुको थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

यस कार्यक्रममा १ सय १४ जना कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समिक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरिएको थियो । साथै, आर्थीक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीहरुलाई विभिन्न ३१ विधामा सम्मान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रीत र प्रविधिमुखी बनाउदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरु बीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा भएको थियो ।

प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल भएको हो । कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेकोसमेत जानकारीे दिएको छ ।

प्रचलित कानुन, निति, नियम एवम् नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रहेको सहभागीहरुले बताएका छन् । कम्पनीको सम्पुर्ण व्यवस्थापन टिमको उपस्थितीमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कम्पनी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?