मनास्लु हिमपहिरोमा ५ आरोही बेपत्ता, उद्धारका लागि हेलिकोप्टर पुग्याे

लोकपथ
104
Shares

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । एक्कासी आएको हिमपहिरोमा परी ५ हिमाल आरोही बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो ।

मनास्लु हिमाल आरोहण गर्न गएका उनीहरुको अहिले उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको कार्यालयका एसपी केदार खनालले जानकारी दिए ।

पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?