सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्वारा चालकलाई फुलमाला

लोकपथ
39
Shares

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

रोकाले दिएको जानकारी अनुसार दसैँ, तिहारलगायतका पर्वहरू मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?