सबैलाई सहज हुने गरी प्रदेश राजधानी तोकिने

सिन्धुपाल्चोक– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सबैलाई सहज हुने गरी प्रदेशको राजधानी बनाइने बताएका छन् ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेलम्बुको आयोजनामा दशैँ तथा तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले हेलम्बुलाई खेलको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङले निर्वाचनका बेला बोलेका कुरालाई पाँच वर्षभित्र पूरा गरिने बताए ।
 नेताहरु झम्क नेपाल, डम्बर अर्याल, दावा तामाङलगायतले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?