चाडपर्वमा बाल्ट्राले ल्यायो ‘बाल्ट्रा बम्पर बबाल’

लोकपथ
26
Shares

काठमाडौं । चाडपर्वको अवसर पारेर बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना सार्वजनिक गरेको छ । बाल्ट्राको कुनै पनि उत्पादन द.खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न उपहार जित्न सकिने छ ।

बाल्ट्राले बताएअनुसार हरेक हप्ता पाँच जनाले ‘इन्डक्सन कुकिङ सेट’ जसमा ‘इन्डक्सन कुकटप, प्रेशर कुकर’ र कढाईका साथै बम्परमा पाँच जनाले समान १/१ तोला सुन जित्न सक्नेछन् ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राको जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्छन् । सहभागी हुनको लागि <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER> टाईप गरी 31007 मा एसएमएस गर्नुपर्ने हुन्छ ।

उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट तथा प्यान बिल ल्याउनुपर्ने छ । साथै, उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने छ । यस उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गते सम्मको लागि मात्र लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?