इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो

लोकपथ
130
Shares

काठमाडौं । इरानमा सुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको इरानको दुतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो ।

त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् ।
आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १० दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार १०औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?