पहिरो पीडितलाई नगदसहित राहत वितरण

लोकपथ
91
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ बसारका पहिरो पीडितलाई गाउँपालिकाले राहत वितरण गरेको छ । अविरल वर्षासँगै आएको पहिरोले आइतवार घर भत्काएको झापुली नगारीको परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित कपडा, कम्बल, भाडाकुडा र खाद्यान्न दिएको हो ।

पहिरोले नगारीको घर भत्किँदा तीनवटा बाख्रा मर्नुका साथै घरभित्र रहेको सबै धनमाल नष्ट भएको थियो । पहिरो गएका बखत घरभित्र कोही नभएकाले मानवीय क्षती हुनबाट जोगिएको थियो ।

पीडित परिवारलाई तत्कालका लागि आवश्यक सामग्री र बास स्थान व्यवस्थापनका लागि रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?