१६ मङ्सिर २०७९, शुक्रवार

नवौँ राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

२०७९,आश्विन,१०,सोमवार १४:१८

81
Shares

काठमाडौं । ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा हल्चोकमा ट्रफी प्रदर्शन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशको पोखरामा संचालन हुने ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सातै प्रदेश तथा तीन विभागीय टीममा प्रदर्शन गरिने योजना छ ।

अर्यालले रनिङ ट्रफीलाई विजयको प्रतिकको रुपमा लिइ एपिएफ क्लबबाट सहभागी हुने खेलाडीले उच्च मनोबलका साथ पूर्ण क्षमता र खेल भावनाको अनुशरण गरी खेल्नुपर्ने बताए ।

पोखरा लगायत आसपासका जिल्लामा संचालन हुने प्रतियोगितामा ३६ खेल विधा समावेश हुनेछ । प्रतियोगितामा एपिएफ क्लबबाट ३१ खेल विधामा ५३४ जना खेलाडीको सहभागिता रहने जनाइएको छ ।

 

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ

प्रदेश १ । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षीत बनाएको छ । ९७४ स्टेडियमा

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४