दसैँको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले भने ‘देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन’

लोकपथ
26
Shares
sf7df8f}F, #! h]7M ;+ljwfg ;+zf]wgdflysf] 5nkmndf /fk|kfsf lnªb]g k|ltlglw;efsf] zlgaf/sf] a}7sdf d’n’ssf] gofF gSzfnfO{ cg’;”rLdf ;dfj]z ug{ k|:t’t …g]kfnsf] ;+ljwfg -bf];|f] ;+zf]wg_ ljw]os, @)&& dfly bkmfaf/ 5nkmnsf qmddf efu lnFb} राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् ।

‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनको शुभकामना सन्देश :-

आजबाट नवरात्र प्रारम्भ भएको छ, असत्यमाथि सत्यको विजयको रुपमा मनाइने उल्लासमय पर्व बडादसैँको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसँगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौँ । आगामी निर्वाचन केवल एउटा पार्टीको विजय वा पराजयसँग मात्रै सम्बन्धीत छैन । यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्युहबाट मुक्त गराउनैपर्छ ।

हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्‍यौंं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतिक्षा गर्नुहुँदैन । जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रुपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।

देवी भवानीले सबैलाई शक्ति, सामर्थ्य र विवेक प्रदान गरून् । सबैमा बडा दसैँको शुभकामना, सबैको जय होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?