१९ मङ्सिर २०७९, सोमवार

केएल टावरको ‘रमाइलो दसैँ तिहार’ योजना सुरु

२०७९,आश्विन,१०,सोमवार १३:४६

18
Shares

काठमाडौं । केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दसैँ तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, सफारी ब्याग, डिएचआई भ्याकूम क्लिनर, मिक्चर, राइस कुकरलगायत एक हजार रुपैयाँ बराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, साप्ताहिक रुपमा डिएचआई ब्राण्डको वासिङ मेशिन, डिएचआई ४३ इन्चको टेलिभिजन, १७० लिटरको रेफ्रिजिरेटर, डिलक्स राइस कुकर, वाटर डिस्पेन्सर, सफारी लगेज, टाइमेक्स घडी तथा सर्टिङ सुटिङ्गलगायतका घरायसी सामग्री उपलब्ध गराइनेछ ।

बम्पर उपहारमा एक जनालाई ४ रात ५ दिनको दुबई भ्रमणको प्याकेज उपलब्ध गराइने मेला संयोजक हीरामणी तिमिल्सिनाले जानकारी दिए । त्यस्तै, बम्पर उपहारमा यामाहाको एफजेडएस एफआई मोटरसाइकल बितरण गरिने उनको भनाई छ ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई उपलब्ध गराइने कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ केएल टावरले उपहार योजना सञ्चालन गरेको हो । असोज ५ गतेदेखि सुरु भएको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल सञ्चालनमा छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १३:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र

काठमाडौं । नेपालमा ३८ वषदेखि सेवा दिँदै आएको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट

काठमाडौं । विद्युतीय कारोबारलाइ प्रर्वधन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरि हरेक बुधवार र शनिवार तरकारी तथा

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको साउथ एशिया रिजनल मीट नेपालमा सम्पन्न भएको छ ।

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६