२२ माघ २०७९, आईतवार

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

२०७९,आश्विन,१०,सोमवार १३:१०

72
Shares

काठमाडौं । सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौ संस्करणको ताज जितेकी हुन् ।

प्रतियोगितामा सुस्मिता अधिकारी फस्र्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् ।

हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् । त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।

मिस टिनले क्राउनसहित नगद ३० हजार , फस्र्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।

प्रतियोगिताले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको उनको भनाई छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १३:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत तथा बिक्रम डि जोशी निर्मित फिल्म ‘हेल्लो जिन्दगी’ ले अहिलेसम्म बिभिन्न आठ वटा अन्तराष्ट्रिय

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मिएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त छन् । ‘एक, दुई, तीन

गण्डकी । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त भएका छैनन् । ‘विसंगत अभिरुचि’ उनको पछिल्लो संस्मरण कृति

काठमाडौं । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो ।

ताजा समाचार

राजस्व चुहावटका ६ मुद्दा दायर
 २०७९,माघ,२२,आईतवार १६:०२
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
 २०७९,माघ,२२,आईतवार १५:४७