१९ मङ्सिर २०७९, सोमवार

कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

२०७९,आश्विन,१०,सोमवार १२:५६

9
Shares

काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानुन व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङ विभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व केके हुन् र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

क्यापिटलका अनुसार कार्यक्रममा ५० भन्दा बढी वकिल र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा वकिलहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै सेयर बजारमा लगानीसम्बन्धी आफ्ना सबै जिज्ञासा राखेको थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १२:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत गरेको छ । आईतवार राष्ट्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि सोमवार

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से)मा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५