१२ फाल्गुन २०८०, शनिवार

रविया र शैलेस बने नेक्स्ट सुपर मोडल

२०७९,आश्विन,१०,सोमवार १२:४५

72
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेन्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरूले क्रमशः महिला र पुरुष गरी दुई भिन्न विधाको उपाधि हात पारेका हुन् ।

उनीहरूले पुरस्कारस्वरूप एक–एक लाख रुपैयाँ बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको सुविधा जिते ।

त्यस्तै पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाइस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’ भए ।

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाइस’, साक्षी बास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार र दिक्पाल कार्की निर्णायक थिए ।

प्रतियोगिताको इभेन्ट डाइरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगाल थिए । प्रतियोगितामा फोटोग्राफी पार्टनरमा क्याप्चर क्रु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाइल, मेकअप पार्टनरमा मेकअप दरबार, वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १२:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिल्म ‘डन’का साथ सन् २००६ बाट सुरु भएको डन फ्रेन्चाइजीको पहिलो दुई भागमा शाहरुख खानले ‘डन’को भूमिका निभाए

काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र

काठमाडौं । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ

काठमाडौं । मुख्य पात्रको भूमिकामा कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह रहने फिल्म ‘रुमानी रङ’को राजधानीमा एक कार्यक्रमबीच घोषणा

ताजा समाचार

मानिसको हात जस्तो देखिने अनौठो चट्टान
 २०८०,फाल्गुन,१२,शनिवार १३:००
दोस्रो उपत्यकाव्यापी कराते आजदेखि
 २०८०,फाल्गुन,१२,शनिवार ११:०३