२० माघ २०७९, शुक्रवार

दक्षिण कोरिया र अमेरिकाको संयुक्त नौसैनिक अभ्यास सुरु

२०७९,आश्विन,१०,सोमवार १२:३९

18
Shares

सीउल । प्योङयाङले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको एक दिनपछि दक्षिण कोरिया र अमेरिकाले सोमवार (आज)देखि प्रायद्वीपनजिकै पहिलो पटक संयुक्त नौसैनिक अभ्यास सुरु गरेका छन् । वासिंगटन सीउलको मुख्य सुरक्षा साझेधार हो र उसले आणविक रूपमा सशस्त्र उत्तर कोरियाबाट रक्षा गर्न दक्षिण कोरियामा २८ हजार ५ सय सैनिक खडा गरेको छ।

उत्तर कोरियासँग आफ्ना अग्रज तथा पूर्वराष्ट्रपति मुन जाय इनको असफल कूटनीतिपछि मे महिनामा कार्यभार सम्हालेका दक्षिण कोरियाका वर्तमान राष्ट्रपति युन सुक योलले अमेरिकासँग संयुक्त सैन्य अभ्यास वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘यो अभ्यास उत्तर कोरियाको उत्तेजनालाई जवाफ दिन दक्षिण कोरिया–अमेरिका गठबन्धनको बलियो इच्छा प्रदर्शन गर्न तयार गरिएको थियो’, दक्षिण कोरियाको नौसेनाले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाको तटमा चार दिसम्म हुने उक्त अभ्यासमा एन्टी–शिप र एन्टी–पनडुब्बी युद्ध कार्यहरू, सामरिक युद्धाभ्यास र अन्य समुद्री अपरेसन हुनेछन् ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १२:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

भारत । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२
पाकिस्तानमा झडप, पाँच जनाको मृत्यु
 २०७९,माघ,२०,शुक्रवार १७:३५