२१ माघ २०७९, शनिवार

प्रधानमन्त्रीको अफर छ, तर त्यो प्राथमिकता होइन : प्रचण्ड

२०७९,आश्विन,१०,सोमवार ११:४१

27
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

‘म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा र संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘मैले चाहेको भए २०७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो ।

त्यसपछि पनि थियो । अहिले भर्खर पनि छ । तर प्रधानमन्त्री मुख्य होइन ।’ संविधान, राष्ट्रियताको रक्षा, आर्थिक विकासको वातावरण बनाउने र त्यसका निम्ति समर्पित गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

लोकतन्त्रको नयाँ परीक्षा मंसिर ४ गतेको चुनाव भएको भन्दै उनले त्यसको फैसला अब जनताको हातमा पुगिसकेको बताए । ‘चितवनका जनता सचेत छन् । राष्ट्रियता र आर्थिक विकासको पक्षमा जनता हुन्छन् भन्ने विश्वास छ’, उनले भने ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार ११:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा

ताजा समाचार