१९ मङ्सिर २०७९, सोमवार

दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात

२०७९,आश्विन,१०,सोमवार १०:५६

27
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो । सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ ।

उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ । विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लीटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लीटर कच्चा पाम तेल नेपालमा आएको छ । यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लीटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१०,सोमवार १०:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७९), २०७६ प्रस्तुत गरेको छ । आईतवार राष्ट्र

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र

काठमाडौं । नेपालमा ३८ वषदेखि सेवा दिँदै आएको विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टले चन्द्रपुर, नारायणघाट

ताजा समाचार

थाहा पाउनुहोस आजको राशिफल
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४८
सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५