संसद अन्त्य भइसक्दा पनि सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद : राप्रपा प्रवक्ता

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवासुविधा बुझेको प्रति असन्तुष्टि जनाएका छन् ।

असोज १ गते प्रतिनिधिसभाको कार्यकाल सकिए पनि केही सांसदहरूले अहिले पनि गाडी सुविधा उपयोग गरिरहेका छन् । श्रेष्ठले संसदको कार्यकाल असोज १ बाट सकिइसकेको अवस्थामा पुरानो हैसियतमा प्राप्त सुविधाका गाडी चढेर चुनावी प्रचारमा होमिनु लज्जास्पद रहेको बताएका छन् ।

‘संसद सचिवालयले फिर्ताका लागि ताकेता गरोस्, निर्वाचन आयोगले प्रभावकारी अनुगमन गरोस्,’ उनले ट्वीट गर्दै भनेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागी भएका हरेक दललाई एउटै व्यवहार हुनुपर्ने श्रेष्ठको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?