दक्ष जनशक्ति उत्पादन गर्न निजी क्षेत्र आफैँ लाग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठको भनाई

लोकपथ
26
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका छन् ।

आइतवार महासंघमा भएको वस्तुगत परिषद्का सदस्यहरुसँग सर्टटप वर्क तालिम सम्झौता कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले राज्यले सरकारी कर्मचारीलाई नै तालिममार्फत दक्ष बनाउन नसकेको बताए ।

उपाध्यक्ष श्रेष्ठले राज्यले निजी क्षेत्रका उद्योगका लागि दक्ष जनशक्ति उत्पादन अहिलेसम्म नगरेको भन्दै निजी क्षेत्र आफैँ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत लगानी निजी क्षेत्रको रहेका भन्दै दक्ष जनशक्ति उत्पादन पनि आफैँ गर्नुपर्नेमा जोड दिएका हुन् । उनले राज्यले दक्ष जनशक्ति उत्पादनको लागि राज्य ठूलो लगानी गरेपनि प्रभावकारी नभएको बताए । उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्रका साना,मझौला र ठूला उद्योगमा काम गर्ने श्रमिकहरु ५० प्रतिशत दक्ष जनशक्ति नभएको दाबी गरे । उनले त्यस्ता उद्योगमा ४० प्रतिशत मात्रै दक्ष जनशक्ति रहेको बताए ।

उपाध्यक्ष श्रेष्ठले कर्णाली प्रदेशमा ९० प्रतिशत नै दक्ष जनशक्ति नभएकाले अहिलेसम्म विकास नभएको बताएका हुन् । उनले दक्ष जनशक्ति उत्पादनको लागि सीपविकास तालिममा अर्बौं लगानी गरेर पनि प्रभावकारी नभएको र सरकारले तालिम दिएर कर्मचारीसमेत अर्को ठाउँमा सरुवा गर्दा दक्ष कर्मचारीको अभाव हुने गरेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?