२१ मङ्सिर २०७९, बुधबार

सातौं पचशिल्डको उद्घाटन खेलमा मयुरनी विजयी

२०७९,आश्विन,९,आईतवार २१:२१

45
Shares

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका नम्बर ३ मट्टीगढामा श्री राम जानकी युवा क्लबद्वारा सञ्चालित सातौं पचशिल्ड फुटबल प्रतियोगितामाको उद्घाटन खेलमा मयुरनी समाजसेवी युवा क्लब उदयपुर विजयी भएको छ ।

ग्रामीण कल्याण समूह हर्दिया सप्तरीलाई पराजित गर्दै उदयपुरले जित हाँसिल गरेको हो । निर्धारित खेलमा हर्दिया सप्तरीले पहिलो हाफमा १ गोल गरको थियो भने भने दोश्रो हापमा उदयपुरले १ गोल गरेपछि बराबरी भएको थियो ।

दुबै टिमबीच कडा प्रतिस्पर्धा रहेको खेलमा निर्धारित समयमा छिनोफानो नभएपछि पेन्याल्टीमार्फत बलही उदयपुरले ६ गोल र हर्दिया सप्तरीले ५ गोल गरेका थिए ।

मट्टीगढा खेलमैदानमा आयोजित खेल उद्घाटन समारोहमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी,उपाध्यक्ष कल्पना कुमारी चौधरी,निवर्तमान उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, २ का पशुपति प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, पूर्व वडा अध्यक्ष अरुण कुमार चौधरीलगायतका उपस्थिति रहेको रामजानकी युवा क्लबका अध्यक्ष भगवती प्रसाद चौधरीले जानकारी दिए ।

१० वटा टिम सहभागी खेलमा सोमवार बलान यूवा क्लब लहान र रुपनगर स्पोर्ट्स यू क्लब रुपनगर सप्तरी बीच हुने आयोजक समितिका रमेश प्रसाद चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,९,आईतवार २१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार