हेर्नुहोस् लोकपथका मुख्यमुख्य समाचार (भिडियोसहित)

लोकपथ
39
Shares

१. सर्वोच्च अदालतद्वारा राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण माग, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश, सभामुख र उपसभामुखको कार्यकालबारे पनि कारण देखाऊ आदेश जारी ।

२. आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको तयारी, प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीसँग छलफल ।

३. कांग्रेसले सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने, घोषणापत्र बनाउनका लागि प्रदेशका ६ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मा दिइयो ।

४. नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि विगतको भन्दा छोटो, बुँदागत र प्रष्ट चुनावी घोषणापत्र बनाउने, आगामी ५ वर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी ।

५. कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप, संघ र स्थानीय सरकार बलियो पारेर प्रदेश खारेज गर्ने प्रस्ताव ।

६. नेपालमा विदेशी दबाब र प्रभाव बढेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको आरोप, राष्ट्रवादी शक्ति एकजुट हुन आवश्यक रहेको जिकिर ।

७. चालु आर्थिक वर्षको दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्बले नाघ्यो, अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३ दशमलव ०१ प्रतिशतले घट्यो ।

८. विकासको नाममा संरचना भत्काउ नहुँने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको भनाइ, पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भएकाले पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड ।

९. डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा कांग्रेस नेता प्रकाशमान सिंहको जोड, डेंगू नियन्त्रणमा तत्काल विशेष अभियान सुरु गर्न आग्रह ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार २४ परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय जना संक्रमण मुक्त ।

११. सेयर बजार परिसूचक नेप्से २२ महिना यताकै न्यून बिन्दुमा झर्यो, पहिलो कारोबार दिन नेप्से २३ दशमलव ८३ अंकले घट्दा कारोबार रकम १ अर्ब नाघ्यो ।

१२. युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा पुटिनले गरे जनरललाई बर्खास्त, उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ नियुक्त ।

१३. उत्तर कोरियाले गर्‍यो पूर्वी सागरमा ब्यालिस्टिक मिसाइल प्रहार, उक्त पूर्वी सागरका तटहरुमा रहेका जहाजहरूलाई सचेत हुन चेतावनी ।

१४. एकदिवसीय महिला क्रिकेट प्रतियोगिताको तयारीका लागि जुट्यो नेपाल क्रिकेट संघ, अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाली महिला टोलीलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता दिने संकेत ।

१५.र भोलि सोमबार नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बंगलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने प्रशिक्षक प्रदीप हुमागाईंको भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?